त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ विषय अध्ययन गराउने आंगिक र सम्वन्धन प्राप्त १५ वटा क्याम्पस छन् । स्नातक तहको सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, कम्युटर, अटोमोबाइललगायत १२ विषय अध्ययनका लागि ४ हजार ३ सय ४४ सिट छन् । ती  सिटका लागि लिइने प्रवेश परीक्षाका लागि ९ हजार ४ सय विद्यार्थीले आवेदन दिएका छन् ।

१ सयमध्ये ४० प्रश्न मिलाउने मात्र पास हुने छन् ।
उत्कृष्ट र गुणस्तरीय शिक्षाकै कारण इन्जिनियरिङ् विषय अध्ययनका लागि घरनजिकका क्याम्पस छोडेर त्रिभुवन विश्वविद्यालयको पुल्चोक लगायतका शैक्षिक संस्था रोज्ने गरेको अभिभावकको बुझाइ छ ।

कक्षा १२ मा अंग्रेजी, गणित, फिजिक्स, केमस्ट्री लगायतका विषयमा सी ग्रेड ल्याई उत्तीर्ण विद्यार्थीले मात्र इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।  इन्जिनियरिङ विषय अध्ययनका लागि अन्तर्राष्ट्रिय तहमा नै छुट्टै पहिचान कायम गर्न सफल पुल्चोक लगायत अन्य क्याम्पसमा अध्ययनका लागि विद्यार्थीको चाप हरेक वर्ष बढ्दो छ ।

प्रवेश परीक्षामा ढिलाइ हुँदा कतिपय विद्यार्थी विदेशिने गरेकै कारण यसपटक समयमै परीक्षा लिइएको त्रिविको भनाइ छ । १६ गते सुरु भएको परीक्षा २३ गतेसम्म चल्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *